क्यान्सर पीडित भक्तराजलाई लाख बढी सहयोग प्रदान - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर पीडित भक्तराजलाई लाख बढी सहयोग प्रदान

 


दमक, १३ भदौ । म्याङलुङ नगरपालिका वडा नं. १० साविक तम्फुला गाविस वडा नं. ७ बस्ने भक्तराज खापुङ लिम्बूको मृगौला र फोक्सोमा क्यान्सर भई भारतको राजिव गान्धी अस्पतालमा उपचाररत छन् ।

आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि विविध गाउँ क्षेत्रबाट आर्थिक सहयोग जुटाई हालसम्म ३० लाख खर्च भएकोमा धेरैजसो आर्थिक, सहयोगदाताबाटै संकलित भएको बिरामीकी बहिनी विमला खापुङ पाख्रिनले जनाएकी छन् ।

यसै क्रममा ललितपुरमा एक कार्यक्रम गरी सिङ्गक समाज हङकङले भक्तराजको लागि १ लाख ६ हजार २ सय १० आर्थिक सहयोग प्रदान गरेको छ । भक्तराजको तेह्रथुम फेदाप गाउँपालिका ३ पौदिनका सिङ्गक परिवार ससुराली भएकोले ससुराली पट्टिबाट सहयोग प्रदान भएको हो ।

बिरामीकी बहिनी बिमला खापुङ, किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका महासचिव देवेन्द्र खापुङ र सुजिना इस्बोको उपस्थितमा गीतकार मीना सिंगकबाट सहयोग हस्तान्तरण भएको थियो ।

सहयोग जुटाउन पहल जारी राखिएको मीना सिंगकले जानकारी गराएकी थिइन् ।

त्यसैगरी विरामीको अवस्थाबारे जानकारी दिँदै सहयोगदाताहरुलाई विरामीको फुपुकी बुहारी सुजिना इस्बोले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

हस्तान्तरण कार्यक्रममा कलाकार रेखा फागोको पनि उपस्थिति थियो ।

सम्बन्धित खवर