मेयर चौधरीले फेरि चलाए डोजर - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेयर चौधरीले फेरि चलाए डोजर


सुनसरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका अस्थायी संरचना र त्यहाँ राखिएका सामग्रीहरु हटाउन सुरु गरेको छ ।

पूर्व–पश्चिम सडकखण्डको पचरुखी चोकदेखि सडकको दायाँबायाँ साढे ८२ फिटभित्र रहेका संरचना भत्काएर खाली गरिएको हो । एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म खाली गरिसक्ने र संरचना हटाउन सात दिनसम्म त्यस क्षेत्रमै पुगेर अनुरोध गरे पनि नहटाएकाले उपमहानगरले नै हटाउन थालेको उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए ।

रामधुनी नगरपालिकाको सीमासम्मका संरचना हटाएपछि लगत्तै पचरुखी पूर्व बुढीखोलासम्म रहेका संरचना खाली गरिने उपमहानगरपालिका कार्यालयले जनाएको छ । गत वर्षको भदौमा बुढीखोलादेखि पचरुखीसम्म खाली गरिएको थियो ।

यस वर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विषगत कार्यालय र सरोकारवाला पक्षसँग प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।

सम्बन्धित खवर