नगर अधिकृतको गाडीमा बम विष्फोट - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नगर अधिकृतको गाडीमा बम विष्फोट

२०७६ भदौ २३ बिर्तामोड / आइतबार राति झापाका दुई स्थानमा बम विस्फोट भएको छ । गौरादह नगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्रको स्कारपियो गाडिमा र अर्को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवन बिर्तामोड नगरपालिका चारपानेमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा राति साढे १२ बजे बम विस्फोट भएको थियो । मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

सहारा नेपालको नवनिर्मित भवनमा राति साढे ११ बजे बम विस्फोट भएको छ । भवनको भुईतलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा भएकोे बम कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।

सम्बन्धित खवर