लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको निधन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको निधन


भदौ २३, २०७६ दमक / लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको सोमबार निधन भएको छ । संखुवासभाको खाँदबारी नगरपालिक ४ पाङ्मामा विक्रम संवत १९९३ सालमा जन्मिएका राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

दिवङ्गत राईको श्रीमती र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकोे छ । राईको श्रद्धाञ्जलिका लागि निर्वाचन आयोगका आयुक्त दिनेश थपलिया र गृह सचिव पे्रमकुमार राई र संखुवासभाका संघीय संसदका सदस्य राजेन्द्र गौतम पशुपति आर्यघाट पुगेका थिए ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष राई २०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । २०२६ सालमा पाँचथरको प्रमुख जिल्ला अधिकारी भएका राई नेपाल सरकारको आवास तथा भौतिक, स्थानीय विकास, आपुर्ति विभिन्न मन्त्रालयमा सचिव भएका थिए ।

संखुवासभामा जन्मिएका राई २०४८ सालमा लोक सेवा अयोगको सदस्य हुँदै २०५१–१०५८ साल सम्म अध्यक्ष बनेका थिए । राई गोर्खा दक्षिण बाहु र गोर्खा दक्षिण बाहु (चौथो) द्वारा सम्मानित हुने र किरात समुदायबाट यो स्थानमा पुग्ने पहिलो ब्यक्ति हुन् ।

सम्बन्धित खवर