
२०७६ भदौ २७, उदयपुर करेन्ट लागेर ७ वर्षे बालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ४ बहागामा विहिबार राति करेन्ट लागेर खिलराज विकको ७ वर्षिय छोरा प्रशान्त विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार घर नजिकै आफन्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर घाइते बालकलाई उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको र ‘कानुनी प्रक्रिया पूरागरी शव परिवारको जिम्मा लगाएको छ ।’




                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


