कुम्मायक गाउपालिकामा सवारी चेकजाँचमा कडाइ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउपालिकामा सवारी चेकजाँचमा कडाइ


पदम दुखी सम्बाहाम्फे
२०७६ भादौं २७, यासोक / पाचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा सवारी चेकजाँचमा कडाइ गरिएको छ ।

ट्राफिक प्रहरीले पहाडी भेगमा पनि सडक दुर्घटना दिनानुदिन बढेको कारण सडक दुर्घटना न्यूनीकरणलाई मध्यनजर गर्दै प्रहरी चेकजाँचमा कडाइ गरेको हो ।

बजारमा बढ्दो जनघनत्व, साँघुरोबाटोमा बढी स्पिड, ट्राफिक नियम उल्घन गर्दै सवारी साधन चलाउने क्रम बढेको, जथाभावी पार्किङ, लाइसेन्स विनाका सावरी चालक, डेट एक्सपायर सावारी साधनको जोखिमता आदि कारणले सवारी चेकजाँचलाई कडाइ गरिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरीक्षक दानबहादुर चौहानले बताए ।

सम्बन्धित खवर