पायल्सको उपचारले शुष्माकाे ज्यान गयो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पायल्सको उपचारले शुष्माकाे ज्यान गयो


दमक, २९ भदौ । झापाको दमक ५ स्थित प्रसन्न थेरापी एण्ड आयूबेर्दिक क्लिनिकमा पायल्सको उपचार गर्न आएकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक ९ की १७ बर्षीय शुष्मादेबी चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । चौधरी पायल्सको उपचारका लागि प्रसन्न थेरापी एण्ड आयुर्वद क्लिनिकमा गएकी थिईन् ।

चौधरीलाई क्लिनिकका चिकित्सकले एउटा इन्जेक्सन लगाई दिएपछि सिकिस्त बनेपछि थप उपचारका लागि लाईफलाईन अस्पताल ल्याउन साथ मृत्यु भएको पीडितका परिवारले जनाएको छ ।

मृतक चौधरीको शव आफन्तले बुझन नमानेपछि शव अस्पतालमानै रहेको छ र चौधरीका परिवारजनले क्लिनिकको गलत उपचारका कारण शुष्माको ज्यान गएको आरोप लगाएका छन् । प्रहरीले सो क्लिनिकका सञ्चालक श्याम श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए ।

सम्बन्धित खवर