सुख्खाका कारण अलैंचीका किसान मारमा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुख्खाका कारण अलैंचीका किसान मारमा


पदम दुखी सम्बाहाम्फे
२०७६ भाद्र २९, यासोक । पाँचथरको दक्षिणी भेक स्थित कुम्मायक गाउपालिका २ माङ्जाबुङमा यो बर्ष पनि खडेरीका कारण अलैंची उत्पादनमा ९० प्रतिशत गिरावट आएको बताइएको छ ।

साबिक वडा न, ३ लामटारका अलैंची कृषक गङ्गा शेर्माका अनुसार साबिक वडा ३ र ४ को एकुम्बा, सरङवा र लाक्ताप्पामा तीन भागमा एकभाग मात्र उत्पादन भएको र साबिकको वडा नं. १ र ५ मा उत्पादन शुन्य रहेको बताएका छन् ।

उक्त क्षेत्रमा हुने गोलसाइ र रामसाइ जातको अलैंची खेतीमा सुख्खाका कारण गानो कुहिएर उत्पादन घटेको ६ बर्ष पुगि सक्दा पनि जिल्ला तथा स्थानीय कृषि बिकास शाखाबाट कुनै परामर्श तथ पहल नभएको शेर्माले गुनासो छ ।

अलैंचीको भाउ खस्किएसंगै बर्सेनी २०० मनसम्म उत्पादन हुने यस क्षेत्रमा यो बर्ष ५० मन पनि मुस्किलले उत्पादन भएको र प्रतिमन २४ देखि २५ हजारमा हाल बिक्री भइरहेको सेर्माले बताए ।

सम्बन्धित खवर