विकासको नाममा हाम्रै विनास–स्थानीय - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विकासको नाममा हाम्रै विनास–स्थानीय


२०७६ भदौं २९, तेह्थुम / लालिगुराँस नगरपालिकाले विकासको नाममा वडा नं. ५ मा रहेको आदिवासी लिम्बूहरुको चिहान (समाधिस्थल) भत्काएको छ । सल्लेरी सामुदायिक वनमा अवस्थित याक्थुङ लिम्बू जातिहरुको पुरानो समाधीस्थल चिहानघारी विकासको नाममा उत्खनन् गरिएको  छ।

आदिम लिम्बु जातिहरुको विशेष पहिचान बोकेको यो स्थानमा विगत केही महिना अघिबाट सुरुवात गरिएको खेलमैदान निर्माणको नाममा याक्थुङहरुको पहिचान रहेको भागलाई पूरै तहसनहस बनाई हाम्रो पुर्खाको कङ्काल समेत निकालिएको स्थानीयको भनाई छ ।


हामी विकास विरोधी होइनौं तर विकासको नाममा हाम्रै विनास कुनै हालतमा मान्दैनौं । स्थानीयसंग कुनैपनि छलफल बिना एकलौटी ढंगले जनप्रतिनिधिले आफ्नो मनोमानी गरेर हाम्रो पुर्खाहरुको समाधिस्थल भत्काएकोमा हाम्रो आपत्ति हो स्थानीयको आरोप छ ।

स्थानीयले भने जनप्रतिनिधी, राजनैतिक दल, आदिवासी जनजाति महासंघ तथा सामाजिक संघसंस्था सरोकार वाला बुद्धिजिवीहरुमा हामी अपिल गर्न चाहान्छौं यस्तो खालको विकासलाई हामीले स्विकार गर्ने अवस्था रहन्न त्यसैले यसलाई तत्काल बुद्धिमता पुर्वक यो समस्यालाई समाधान गरियोस भन्ने हाम्रो माग हो ।

सम्बन्धित खवर