यस्तो सहकारी, सुत्केरी हुँदा नगद उपहार मृत्यु भएमा ऋण समेत मिनाहा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यस्तो सहकारी, सुत्केरी हुँदा नगद उपहार मृत्यु भएमा ऋण समेत मिनाहा


विर्तामोडमा खोलिएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए न्यनतम ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म नगद उपहार प्रदान गर्दै आएको छ । पौष्टिक आहारका लागि सहकारीले सुत्केरी महिलालाई यो उपहार प्रदान गर्दै आएको हो ।

सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष भवानी प्रसाद दङ्गालले बताए । हुनत सरकारले कुनै पनि गर्भवती महिलाको स्वास्थ्य संस्थामा प्रसूति गराए प्रोत्साहनस्वरूप आर्थिक सहयोग गर्ने गरेको छ । तर सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि शहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।

सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताए । आव २०७५/७६ मा सहकारीमा आबद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको दङ्गालले बताए ।

विर्तामोड नगरपालिकाभित्रै रहेको अर्को एक सहकारीले विर्तामोड नगरभित्र भित्रिएका नव दुलहीलाई रु एक हजार उपहार प्रदान गर्दै आएको छ । तर, दुलाहा वा उनको परिवार विर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आबद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।

 

सम्बन्धित खवर