दमक नगरले संविधान ब्यापक मनाउने - Mangsebung News
  • आइतबार, फागुन २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरले संविधान ब्यापक मनाउने


दमक/ नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा संविधान दिवस मनाउने कार्यक्रम भएको छ ।

नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी कार्यवाहक प्रमुख तथा प्रवक्ता गीता अधिकारीले असोज २ देखि ४ गते सम्म विविध कार्यक्रमसहित संविधान दिवस मनाउने बताएकी हुन् ।

संविधान दिवसमा सहभागीहरुको हात हातमा झण्डा बोकेर विभिन्न जातजातिका झाँकी प्रस्तुत गरेर विशेष आकर्षक बनाउने संविधान दिवस मुल समारोह समितिले तयारी गरेको छ ।

नगरस्थित सबै सरकारी, गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुले आ–आफ्नो कार्यालयमा र नगरबासीहरुले घर घरमा दिपावली गर्ने, ३ गते बिहान ७ बजे गणतन्त्र चोकमा संविधान दिवस मुल समारोह समितिको सक्रियतामा सबै राजनीतिक दल, विभिन्न संघ संस्थाहरु, विद्यार्थी, कर्मचारी, उद्योगी व्यापारी, शिक्षक शिक्षिका, लगायतको सहभागितामा गणतन्त्र चोकदेखि नगरपालिका सम्म प्रभात फेरि गरिने पत्रकार सम्मेलन उपप्रमुख अधिकारीले बताइन् ।

सम्बन्धित खवर