आज संविधान दिवस – कतै दिपावली, कतै कालो दिन - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज संविधान दिवस – कतै दिपावली, कतै कालो दिन

२०७६ असोज ३, दमक / आज असोज ३ संविधान दिवस । निकै अप्ठ्याहरुका बाबजुद आजकै दिन ०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर मनाइँदैछ संविधान दिवस ।

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, आदिवासी जनजाति, सानादल, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबीचको बेमेलका कारण संविधान निर्माणमा निकै चुनौती भोग्नु पर्यो ।

संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन । प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।

कतै कालो दिन
आज संविधान दिवस सरकारले घर घरमा दिपावली र राष्ट्रिय झण्डा राख्न सबै नागरिकलाई आग्रह गरिरहँदा सत्तारुढ दलकै एक घटक समाजबादी पार्टी नेपालले भने न दिपावली न कालो दिन, केही पनि नमनाउने निर्णय गरिरहँदा राष्ट्रिय समिति लिम्बुवान राष्ट्रिय समिति, शिल्पी विशेष राष्ट्रिय समिति आदिले आफ्नो राज्य सुनिश्चित नभएसम्म संविधान जारी भएको दिन असोज ३ लाई ‘कालो दिन’कै रुपमा विरोध गर्ने जनाएको छ ।

त्यस्तै मञ्च सम्बन्द्ध संघीय लिम्बुवानले यस अघिनै संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन आफ्ना सम्पुर्ण भातृ संगठनलाई आब्हान गरी पत्रकार सम्मेलन मार्फत विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर