माओवादीका जिल्ला सचिव पक्राउ - Mangsebung News
  • शनिबार, असार ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादीका जिल्ला सचिव पक्राउ

२०७६ असोज ५, भोजपुर सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई हतियार सहित पक्राउ परेका छन् ।

आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसी पंखा स्थित गजुरमुखी भीर नजिकैको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

प्रजिअ खतिवडाका अनुसार विष्टको साथबाट गोली भरिएका इटालियन अटोमेटिक पेस्तोल दुई थान, ६ राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान र नगद बरामद गरिएको छ । उनको साथबाट मोबाइल फोन, १२ वटा सिमकार्ड, चन्दा माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा पनि प्रहरीले फेला पारेको छ । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रजिअ खतिवडाले बताए । विष्ट भोजपुरकै ट्याम्के–मैयुङ गाउँपालिका –५ खावा, चोलन्तीका बासिन्दा हुन् ।

सम्बन्धित खवर