“ओ माई डार्लिङ” सार्बजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

“ओ माई डार्लिङ” सार्बजनिक

काकीराम लावती “आन्छुमे नसान”

दमक/ लोकप्रिय गायक सुजन तिगेला लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिम लिम्बुको आवाजमा सजिएको “ओ माई डार्लिङ” बोलको गित युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

गायक सुजन तिगेलाकै शब्द तथा संगीत रहेको भिडियो सुजन तिगेला लिम्बुको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।

सुजन तिगेला र सुमी मानन्धरको दमदार । अभिनय रहेको गीतलाई राजन इसानले एरेन्ज गरेका हुन् ।

भिडियोमा पवन सुस्लीङले छायाङकन गरेका छन् भने सपना लम्सालले सृङगार गरेका छन् ।

निरञ्जन र युमीको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियो पवन सुस्लीङले सम्पादन गरेका छन् ।

सम्बन्धित खवर