दमक / मौसम इम्बुङ लिम्बू “फुलेन्देको बाउ”द्वारा निर्देशित नेपाली मौलिक कथानक चलचित्र घरजम विशेष प्रदर्शन समिति दमक बिक्रम वनेम फागोको संयोजनमा गठन भएको छ ।
घरजम चलचित्रका निर्देशक मौसम इम्बुङको उपस्थिति र प्रदर्शन कोओडिनेटर शैलेन्द्र थेबेको रहोबरमा असोज ७ मा बसेको बैठकले सहसंयोजक तथा आर्थिक संयोजकमा सबु काली गुरुङ र सदस्य सचिवमा आन्छुमे नसानलाई चयन गरेको छ ।
किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोको समेत उपस्थितिमा बैठकबाट सदस्यहरुमा क्रमश प्रेम सेर्मा, देबि निङलेकु (प्रताप), टंक कुरुम्भङ, मनु साङपाङ, प्रतिक हुक्पा चोङबाङ, किशोर लिम्बू, लोलिम पोमु, कल्पना राई चयन भएका छन्
घरजम चलचित्र पाथीभरा चित्र मन्दिर हल दमकमा प्रदर्शन गर्ने र हल बुकिङ भएपछि चलचित्र प्रर्दशनको मिति तय गर्ने संयोजक बिक्रम वनेम फागोले बताए ।