सुनिता, स्रेया र सुजनको “साथी“ - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता, स्रेया र सुजनको “साथी“

काकीराम लावती “आन्छुमे नसान“

दमक गीत संगीतको खुल्ला आकाशमा पंछीझै उडिरेहेका गायिकाद्वय सुनिता थेगिम, स्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको “साथी“ बोलको सुमधुर गीतको भिडियो युट्युव मार्फत सर्बजनिक भएको छ ।

गीतकार डा. सोम्या रईको शब्दभावमा डि आर अट्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने भिडियो लिम्दुमी क्रिएसन युट्युव च्यानलबाट सार्ब्जिनक भएको हो ।

सुनिता, स्रेया र सुजनले लिप्सिङ गरेको त्रिकोनात्मक मित्रताको मज्बुत सम्बन्धको आभास दिलाउने भिडियोलाई इसाक जबेगुले छायांकन र सम्पादन गरि तयार पारेका छन् ।

किङ स्टुडियोमा रेकर्डिङ भएको गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

https://www.youtube.com/watch?v=TaPHJOYnspE

सम्बन्धित खवर