दमकबासीका लागि ‘घरजम’ कातिक २ मा हुने पक्का - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकबासीका लागि ‘घरजम’ कातिक २ मा हुने पक्का

काकीराम लावती ‘आन्छुमे नसान’

दमक/मौसम इम्बुङ लिम्बू “फुलेन्देको बाउ“ निर्दे्शित नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ दमकमा विशेष प्रदर्शन हुने पक्का भएको छ ।

कातिक २ गते शनिबार साँझ ५ः३० बजे पाथीभरा चलचित्र मन्दिर दमकमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र घरजम प्रदर्शन गर्ने मिति तय भएको याक्थुङ मुन्जइत चोक सयङका महासचिव समेत रहेका प्रदर्शन समितका संयोजक बिक्रम वनेम फागोले बताए ।
साहित्यकार उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्र ‘घरजम’को ग्रान्ड प्रिमियर गत १५ सेप्टेम्बरमा हङकङमा गरिएको थियो । दर्शकहरुको सकरात्मक प्रतिकृया र हौसला पाएको यस चलचित्रलाई युवराज राईले छायांकन गरेका छन् ।

नेपालमा भने पहिलोपटक जोडतोडका साथ विशेष प्रदर्शन गर्न लागिएको चलचित्र ‘घरजम’ मा बुद्धि तामाङ, कुशल थलङ, हेमराज अङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बुलगायत कलाकारहरुले सशक्त अभिनय गरेका छन् ।

शुक्रबार बसेको प्रदर्शन समितिको बैठकले टिकट छपाई देखि प्रदर्शन मिति, समय र ब्यबस्थापनको लागि बिभिगिय जिम्मेवारीको समेत निर्णय गरेको थियो । चलचित्र प्रदर्शनलाई थप प्रभावकारी बनाउन विभिन्न संघ संस्थासंग चाँडै बैठक बसि सो अनुरुप अघि बढ्ने संयोजक फागोले बताए ।

विहेवारीमा आधारित ‘घरजम’ चलचित्रको छायाँकन नेपालका पूर्वी पहाडको पाँचथर लगायतका रमणीय स्थानमा गरिएको छ ।

सम्बन्धित खवर