याक्थुङ युवा मञ्चको प्रथम नगर भेला हुने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ युवा मञ्चको प्रथम नगर भेला हुने

काकीराम लावती ’आन्छुमे नसान’

दमक/याक्थुङ युवा मञ्च दमक नगर तदर्थ समितिको प्रथम ऐतिहासिक भेला असोज १७ गते शुक्रबार दमक स्थित होटल एस. जी. को सभाहलमा हुने भएको छ ।

सम्पुर्ण याक्थुङ अर्थात लिम्बुहरुको स्वतन्त्र संगठनको रुपमा रहेको मञ्चले आईतबार रिफ स्टुडियोमा पत्रकार सम्मेलन गरि प्रेश बिज्ञप्ती मार्फत सार्बजनिक गरेको हो ।

याक्थुङ युवाहरुलाई भबिश्यमा लोक सेवा आयोग तयारी कक्षा देखि आफ्नो भाषाा लिपि संस्कार संस्कृति संरक्षणको लागि तयार पार्ने उदेश्यले संगठित मञ्चको नगर भेला,आफ्नो मौलिक संस्कृति र सांस्कृतिक कार्यक्रमका साथ भव्यता पुर्वक सु–सम्पन्न गर्ने आयोजक समितीले जनाएको छ ।

मञ्चले भेला सम्पन्न गर्न दमकबासी व्याबसायी, समाजसेवी, उध्योगी, सम्पुर्णमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

सम्बन्धित खवर