दमक नगरमा शुभकामना आदान–प्रदान हुने - Mangsebung News
  • सोमबार, असोज २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरमा शुभकामना आदान–प्रदान हुने


सङसेमी माङयुङ

दमक/नजिकिदै गरेको हिन्दु नेपालीहरूको महान पर्व बडा दसैको शुभकामना आदानप्रदानको लागि दमक नगरपालिकाले पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

कार्यवाहक नगर प्रमुख गिता अधिकारीले नगरबासीलाई सम्बोधन गर्दै दशै, तिहार, नेपाल संबत, र छैठ पर्बमा आ–आफ्नो परम्परा, संकृति अनुसार मनाउन अनुरोध गरेकी छन् ।

यी चाडपर्वहरु मान्ने क्रममा टडकभडक, फजुल खर्च नगरी भाइचारा कायम गर्दै सुखद र मर्यादित बनाउन नगरबासीलाई आव्हान गरेकी छन् । बिकृति बिसंगति, अनियमितता र अलोकप्रिय घटना हुन नदिन सुरक्षाकर्मी, प्रहरी प्रशासन, जनप्रतिनिधि र सजन सरोकारवालाहरुलाई समेत उनले अनुरोध गरेकी छन् ।

यसरीनै बडा दशैको अवसरमा असोज २० गते नवमीका दिन प्रधानमन्त्री केपि शर्मा ओली दमक आउने र दमक नगरपालिकामानै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने उनले बताइन । यस कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध समेत गरिकी छन् ।

सम्बन्धित खवर