बिरामी सेर्मालाई परिवारबाट सहयोगको अपिल - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिरामी सेर्मालाई परिवारबाट सहयोगको अपिल

दमक/ इलाम जिल्ला माङसेबसङ गाउँपालिका–३, भञ्याङ निवासी प्रकाश सेर्मा(टोलबहदुर)को धर्मपत्नी भिममाया थेगिम सेर्मा लिभरमा समस्या आएपछि बिराट मेडिकल कलेज बिराटनगरमा उपचाररत छिन् ।

स्वास्थ्यमा जटिल समस्या भएपछि अहिले उनको आईसीयुमा उपचार भईरहेको छ ।

उनको उपचारमा रकम धेरै लाग्ने भएपछि परिवार आर्थिक समस्यामा परेको छ । पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण सहयोगको लागि सर्वसाधारण सवैमा अपिल गरेका छन् ।

उपचार गर्दा गर्दै घरको सम्पतिले थेग्न नसक्ने भएपछि थप उपचार गर्न नसकिने र आफ्नो आमालाई उपचारकै अभावमा गुमान पनि मनले नमान्ने अवस्था भएसंगै सहयोगी मनहरुमा सहयोगको अपिल गरेको बिरामीका छोरा दिनेश सेर्माले बताए ।

उनले देश बिदेशमा रहेका सम्पुर्ण महानुभावहरुमा आमाको जीवन रक्षाको भीख मागेका छन् ।

विरामीको सहयोगको लागि
सपर्क न. दिनेश सेर्मा ः ९८१५१४४४९८
सिटिजन बैक खाता नं. माङसेबुङ मासिक 0560100000186201

सम्बन्धित खवर