सरकार हुने खानेहरुको भन्दा पनि हुँदा खानेहरुको साथमा–प्रम ओली - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकार हुने खानेहरुको भन्दा पनि हुँदा खानेहरुको साथमा–प्रम ओली


दमक, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुट समेत नदिने बताएका छन् ।

आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा गते आयोजित वडादशै, शुभदिपावली तथा छैठ पर्वका अवसरमा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे प्रम ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको भन्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे । उनले वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा ठूलो परिवर्तन भएको समेत दावी गरे ।

हुने खानेहरुको भन्दा पनि हुँदा खानेहरुको जीवनमा परिवर्तन देखिएको दावी गर्दे उनले बास्तविक रुपमा जो सर्वहारा छन् बिपन्न छन् उनीहरुमा सरकारको अनुभूति पुगेको दावी गरे ।

सरकार त्यस्ता नागरिकहरु सम्म पुग्ने क्रममा रहेको पनि बताउदै ओलीले भने ,– ‘कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजे पनि त्यस्ता कुराहरुले समाजमा गलत प्रभाव मात्र पार्ने छ ।’ विकासका हरेक पक्षमा सरकारले प्राथमिकता दिएको भन्दै उहाँले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नु पर्नेमा जोड दिए ।

ओलीले हरेक वर्ष दशैंको नवमीका दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन् । यस अघिका वर्षहरुमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने आफ्नो निर्वाचन क्षेत्र दमकमो कार्यक्रमको आयोजना गरेका हुन् ।

आदिबासी सन्थाल जातिको सांस्कृतिक नृत्यको स्वागत सहित स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्ग, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपाका प्रदेश १ का ईन्चार्ज भिम आचार्य, विभिन्न राजनीतिक दल, उद्योगी तथा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर