
माङसेबुङ । बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा आयोजक अमेरिकालाई ४–१ को फराकिलो अन्तरले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा स् प्रवेश गरेको हो ।
बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे । अमेरिकाका लागि मलिक टिलम्यानले फ्रिकिकमार्फत एक गोल फर्काए ।
योसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ ।







