
माङसेबुङ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टविरुद्ध ३–२ को शानदार पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरोले गोल गरे । इजिप्टका लागि यासर इब्राहिम र हाइसेम हसनले गोल गरे ।
नाटकिय खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो ।
अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ ।







