उपचारको क्रममा एक कैदीको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपचारको क्रममा एक कैदीको मृत्यु

 

पदम दुखी सङबाङफे

२३ असोज २०७६, पाँचथर/पाँचथर कारागारमा रहेको एक कैदिको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर जिल्ला साविक याङनाम ६, हाल फिदिम न.पा. १० घर भएका अन्दाजी २६ वर्षिय बुद्धि केरुङ रहेका छन् ।

उनि असोज २० गते दिँउसो १ बजेको समयमा झाडा बान्ताको बिरामी भए पश्चात् उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा लगिएको थियो ।

उपचारको क्रममा केरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताए ।

मृतक जबरजस्ति करणि मुद्धामा ८ वर्ष कैद भूक्तानको लागी २०७३ साल मङ्सिर २० गते देखि जिल्ला प्रहरी कार्यलयको कारागारमा रहेका कुरा प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।

सम्बन्धित खवर