बेल्डाँगी सिबिरमा आगलागी, २० लाख बराबरको क्षति - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेल्डाँगी सिबिरमा आगलागी, २० लाख बराबरको क्षति

नोसाङ
२६ असोज दमक/झापाको दमक स्थित बेल्डाँगी सिबिर क्याम्प टु सेक्टर डि वानमा भिषण आगलागी भएको छ । आगलागी आईतबर बिहान करिब ९:३० बजे भिमबहादुर राईको घरबाट अचानक शुरु भएको थियो ।

आगलागीमा नौ वटा घर जलेर नष्ट भएको र घरबाट केहिपनी सामान निकालन नपाएको स्थानिय जितबहादुर सुब्बाले बताए ।

आगलागी नियन्त्रण पुलिस प्रशासन, क्याम्पका शसस्त्र टिम, लगायत स्थानियको सहभागीतामा साथै गौरादह नगरपालिका र बिर्तामोडको लगायत ४ वटा बारुण यन्त्रको सहयोगमा आगालागी नियन्त्रण गरिएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक दलकुमार राइले बताए ।


उनले आगलागीबाट मानवीय क्षति नभएको तर पिडित परिवारका फुलमाया राईलाई सामान्य चोटपटक लागेको र राइको उपचार पाण्डे क्लिनिकमा भईरहेको बताए ।

आगालागीबाट अनुमानीत २० लाखको क्षति भएको साथै पिडित परिवारलाइ क्यामको एजेन्सी यु.एन.एच.सि.आर.र दमक नगरपालिकाबाट आवास र राहतको व्यवस्था गर्ने प्रहरी निरीक्षक राईले बताए ।

सम्बन्धित खवर