सांसद पक्राउमा युवाको आक्रोस - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सांसद पक्राउमा युवाको आक्रोस


सङसेमी माङयुङ
२०७६ असोज २९, दमक/राष्ट्रिय जनता पार्टी, नेपाल सम्बद्ध भातृ संगठन राष्ट्रिय युवा संघ प्रदेश न १ ले आफ्ना सांसद माननीय प्रमोद साहलाई प्रहरीले पक्राउ गरेकोमा कडा विरोध गरेको छ ।

प्रदेश न. १ का युवा अध्यक्ष रोसन लिम्बुले सांसद साहको पक्राउ निन्दनीय भएको भन्दै विरोध जनाएका हुन् । गत सोमबार जनकपुर एयर्पोर्टमा बुद्ध एयरको जहाजको उडान भर्ने निर्धारित समय भन्दा तीन घण्टा ढिलो भएपछि एक जना किड्नीको बिरामी छट्पटीन थालेको दृश्यका कारण जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरको प्रतिनिधिले उल्टै अभद्र व्यबहार गर्दै धमकाउन थालेपछि सामान्य धक्काधक्की भएको लिम्बुले जिकिर गरेका छन् । तर त्यस घटनालाई षडयन्त्रपुर्बक राज्यको माथिल्लो निकायबाट जबरजस्ती मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको आरोप लगाउदै लिम्बुले त्यस्को घोर निन्दा गरेका छन् ।

यता बुद्ध एयरले भने आफ्नो काउण्टरमा तोडफोड गरेको आरोप लगाउदै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । यसरी पक्राउ गरेका साहलाई प्रहरीले जनकपुर लैजाने तयारी रहेको जनाएको छ । तर पक्राउ परेका शाहलाई तत्काल रिहा नगरे कडा प्रतिकारमा उत्रने चेतावनी समेत लिम्बुले दिएका छन ।

मा. साहलाई जहाजमा चढ्न नदिने भनेर बुद्ध एयरका कर्मचारीले बदमासी तथा अपमानित गरेको भन्दै कर्मचारीलाई तत्काल कारबाही गर्न बुद्ध एयरलाई ध्यानाकर्षण गराउदै लिम्बुले कारबाही नगरे प्रदेश नं. १ भित्र सबै शाखा बन्द गरिदिने चेतावनी दिएका छन् ।

तोकिएको समयमा कहिल्यै जहाजहरु एयरपोर्टमा नल्याउने अनि उसैको दादागिरी यो कदापी स्विकार्य नहुने बताएका हुन । लिम्बुले केही समय अगाडि नेपालगन्जमा घटेको घटना स्मरण गराउदै बेथितिको आम नागरिकले बिरोध गरेको जनाए । राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दण्ड दिन खोज्ने चरित्रलाई हामी कदापी स्वीकार्न गर्न सक्दैनौ ।’ अध्यक्ष लिम्बुले बताएका छन ।

सम्बन्धित खवर