थेबे सर्वोत्कृष्ट प्रहरी - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थेबे सर्वोत्कृष्ट प्रहरी


पाँचथर/प्रहरी चौकी नागी थर्पु पाँचथरमा कार्यरत प्रहरी नावय निरीक्षक भिमराज थेबे असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मुल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आईरहेको छ ।

जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन सफल भएकोले प्रहरी नायव निरिक्षक थेबेलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

थेबे यस अघि यस अघि २०७६ साल बैसाख २९ गते पाँचथर जिल्ला हिलिहाङ गाउँपालिकामा १५ वर्षीय शितल योङहाङको हत्या गरेको घटनाले त्रशित गाउँबासीलाई मनोवैज्ञानिक परामर्श तथा प्रहरी परिचालनबाट सुरक्षित प्रत्याभुति दिलाउदै स्थानीय जनता र जनप्रतिनिधिहरुसंग सुमधुर सम्बन्ध कायम राखी स्थानीय जनतामाझ शान्ति सुरक्षाको प्रत्याभुति दिलाई प्रहरीको छविलाई उच्च बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको थियो ।

सम्बन्धित खवर