२०७६ कात्र्तिक ७ इलाम / जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्चकाका केन्द्रीय सचिव सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मञ्चको ६५औँ तथा शान्ति स्थापना दिवसको पुर्वका नौ जिल्ला विभिन्न स्थानमा आफ्नो मञ्चको झण्डोत्तलन गर्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर धमला पार्टीको महिला सघ केन्द्रीय अध्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बुू र हर्कप्रसाद नेम्वाङ रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक एसपी हीराबहादुर पाण्डेले शान्ति जिल्लाका सरकारी कार्यलयमा राखिएको राष्ट्रिय झण्डा हटाएर मञ्चको झण्डा गाडेका र सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।