सातादिने सेवाको समापनपछि घुन्साबासीलाई यस्तो अशिर्वचन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सातादिने सेवाको समापनपछि घुन्साबासीलाई यस्तो अशिर्वचन


योगेश लाओती
२०७६ कात्र्तिक १२ घुन्सा / ताप्लेजुङ घुन्सामा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरु माता मुहिङगुम अङसीमामाङ साँवा पबित्रहाङ्मा लिङ्देनज्युहरुको सवार भएको छ ।

ताप्लेजुङ स्थित घुन्सा आधारभुत बिद्यालयको खेलमैदानमा सम्पन्न भएको कार्यक्रममा स्थानीय बिद्यालयका कलाकारहरुले शेर्पा भाषाको गीतमा नृत्य प्रस्तुत गरी स्वागत गरेका थिए । बर्तमान किरात धर्मगुरु परिवारबाट घुन्साका विभिन्न संघ संस्था लाई आर्थिक सहयोग समेत प्रदान गर्नुभएको धार्मिक कार्यक्रममा किरात धर्मावलम्बी भक्तजन तथा घुन्सावासीहरुलाई धर्मगुरु ज्युबाट अमृतमय आशिर्वचन समेत भएको थियोे ।

किरात धर्मगुरु अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ, गुरुआमा अङसीमामाङ साँवा पबित्राहाङमा लिङ्देन तथा गुरु परिवारबाट घुन्साका विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोग समेत प्रदान गरिएको थियोे । घुन्सा आधारभूत बिद्यालय रु २० हजार, टासी छ्योलिङ गुम्बा रु २० हजार, यार्पािलङ गुम्बा रु २० हजार त्यसैगरी घुन्सा हस्पिटल रु २५ हजार रुपैयाँ घुन्सा सास्कृतिक परिवार टोली रु ५ हजार, रकम संस्थाका प्रतिनिधिले ग्रहण गरेका थिए ।


स्थानीयहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई ज्ञानु फुरुम्बो (चरपे) ले संचालन गरेका थिए भने गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वाधार निर्माण आर्थिक ब्यवस्थापन समितिका अध्यक्ष देउमान आङ्बुहाङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तो थियो घुन्साको आशिर्वचन


“हामी सबै मानवहरु शान्तिको एकता रहौं । एकताको बाटोमा रहेर हामीले फक्ताङ्लुङ स्थित एक साता सम्म सेवा लगाएको छौ । त्यो सेवा हामी सबैको हो । यहाँका लामागुरुहरुको लागि पनि हो । गुम्बाको लागि पनि हो । घुन्सावासीहरुको लागि पनि हो । कुम्भकर्ण (फक्ताङलुङ) मा हामीले सेवा लगाएर फर्किने क्रममा धेरै पहिलेबाट नाँच्ने जलपान गर्ने विधि बसेको हुनाले त्यो मुताबिक आज तपाईहरु घुन्सावासीहरुलाई जलपान गराएका छौ । घुन्सावासी तपाइहरुले यहाँबाट हामीलाई काठ उपलब्ध गराएर चौरीबाट बोकाएर माथि पठाउनु भएको सहयोग मैले हृदयमा राखेको छु । र तपाईहरु देखि असाध्यै खुशी लागेको छ । बुद्धले पनि शान्तिको सन्देशनै फैलाउनु भएको थियो । त्यसै गरी महागुरु फाल्गुनन्दले पनि शान्तिको सन्देश फैलाउनु भएको कुरा राख्नु भएको थियो ।”

सम्बन्धित खवर