संसारभर महागुरु जन्मजयन्ती सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसारभर महागुरु जन्मजयन्ती सम्पन्न

सङसेमी माङयुङ
२०७६ कार्तिक २५ सोमबार, दमक किरात धर्म दर्शनदाता तथा समाजसुधारक मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको १३५औ जन्मजयन्ती सोमबार सम्पन्न भएको छ ।

किरातेस्वोर हाङसाम माङ्हिम मिक्लाजुङ गापा टाडी, मोरङ माङहिम प्रङ्गणमा महागुरु फाल्गुनन्दको पुर्ण कदको शालिक अनावरण हुने कार्यक्रममा महागुरु फाल्गुनन्द लिङदेनको पुनर अवतारको रुपमा मानिन्दै आएका बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ञसेइङझ तथा मुहिङगुम अङसीमामाङ साँवा पबित्रहाङमा लिङदेनहरुको देव सवार साथै प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आशिर्बचन गर्नुहुदै गुरु आत्मानन्दले भन्नुभयो यस ठाउँ महागुरुले टेक्नु भएको ठाउँ भएकाले धेरै बनाउन खोजेको र अहिले निकै राम्रो प्रगति भएको बताउनु भयो । उहाले भन्नू भयो महागुरुले सत्य, शान्ति र अहिङ्साको सन्देश बाड्नु भएकोले अहिले हामी सबै मिलेर बिश्व शान्ति र मानव एकता गर्नु पर्ने कुरामा जोड दिनुभयो । गुरुका अनुसार माङ र हाङ सङ्गै हुने र धर्मलेनै ज्ञानको ढोका खोल्ने र राज्य सम्म पुग्ने भएकोले माङ सारै चिन्नु पर्छ । तर हाम्रो मान्छेले अझै धर्म नचिनेको बताउनु भयो ।

 

यसरी नै नेपालको सिमा भारतले मिचेको प्रसंग जोड्दै गरुले भन्नू भयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको आत्मामा पनि माङ पसोस् । गरिब दुखिलाई नहेप्नु भन्दै गुरुले मित्र राष्ट्र बिचको भाइचारा कायम होस भन्नेमा जोड दिनु भयो ।

 

यसरी नै कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. १ का मुख्यमन्त्री माननीय शेरधन राईले सम्बोधन गर्दै भने महागुरुले देखाएको सत मार्ग र सत कर्मको हो । अहिङ्सा, शान्ति र मानव एकता मानव हितको लागि भएकोले उनले देखाएको बाटोमा हिड्नु पर्छ । महागुरुको असाधारण ब्याक्तित्वले गर्दा राष्ट्रिय बिभिती राज्यले घोषणा गरेको भन्दै राइले भने अहिले नैतिकताको खडेरी परिरहेको बेला महागुरुको शिक्षा सबै भन्दा उत्तम हुने र देश बिकासको लागि पनि सत कर्म, सत विचार र व्यबहारको खाचो रहेको बताए ।

 

प्रदेशको नामानकन्को बिषयमा बोल्दै मुख्यमन्त्री राइले भने बर्षौ वर्ष लागाएर संविधान सभाले टुङ्गो लाउन नसकेको प्रदेश राजधानी र नाम अहिले प्रदेश सरकारले राजधानीको टुंगो लगाई सकेको र अब छिटै प्रदेशको नाममा सहमति जुट्ने कुरामा बिस्वस्त रहन आग्रह गर्नुभयो ।

 

यसरी नै किरात हाङसाम थोपेचम्मा माङहिम कुरुम्बा, पान्थरमा पनि किरात धर्मगुरु तथा गुरु आमाज्युहरुको देव सवार साथै प्रदेश न. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख आतिथ्मा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा पनि महागुरु फाल्गुनन्दको शालिक अनावरण, येतनामधुङप लाधुङसेमी सेवा र सांस्कृतिक, सांगीतिक भएको छ । यसका अलावा विभिन्न गाउँ, क्षेत्रमा रहेका माङहिमहरु र विश्वको विभिन्न मुलुकहरु भारत, हङकङ, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, म्यानमार, साउदी अरव, कतार, मलेसिया, युएई लगायत सयौ मुलुकहरुमा महागुरुको जन्म जयन्तीलाई किरात पर्वको रुपमा भव्य रुपले किरात धर्मावलम्बीहरुले मनाएका छन ।

 

विकृति विसंगतिमा जेलिएर बसेको किरात समाज उथानको लागि महागुरु फाल्गुनन्दले लिम्बुवानका तत्कालीन पन्च भलादमी सुब्बा, कार्बारीहरुलाई भेला गरि ञसत्य धर्म मुचुल्काझ जस्तो महाचुम्लुङ गरी धार्मिक, सामाजिक सुधारका अभियान चलाएका थिए । किरात भाषा, लिपि, सांस्कृतिक उथानका लागि आजीवन लागिरहे । यस्तो सत कर्मले गर्दा महागुरु फाल्गुनन्दको लाखौं अनुयायी बनेकाछन । संसार भरी छरिएर रहेका अनुयायीहरुले फाल्गुनन्दको जन्म दिन कात्तिक २५ गतेलाई महागुरु फाल्गुनन्द जन्मजयन्ति हर्षोउल्लासको साथ मनाएका छन् ।

 

जन्मजयन्तीको अवसरमा राष्ट्र, सरकार, प्रदेश, तथा नगर र गाउँपालिका प्रमुखको भनाई जस्ताको तस्तैः

महागुरुको उपदेश पालना गरे राष्ट्रिय एकता सवल बन्छ– राष्ट्रपति विद्यादेवि भण्डारी

राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा आइबार शुभकामना सन्देश जारी गर्दै ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनुपर्छ – प्रधानमन्त्री केपी शर्मा ओली

महागुरुले देखाएको सत मार्ग र सत कर्मको हो । अहिङ्सा, शान्ति र मानव एकता मानव हितको लागि भएकोले उनले देखाएको बाटोमा हिड्नु पर्छ । महागुरुको असाधारण ब्याक्तित्वले गर्दा राष्ट्रिय बिभिती राज्यले घोषणा गरेको भन्दै राइले भने अहिले नैतिकताको खडेरी परिरहेको बेला महागुरुको शिक्षा सबै भन्दा उत्तम हुने र देश बिकासको लागि पनि सत कर्म, सत विचार र व्यबहारको खाचो छ –शेरधन राई ( मुख्यमन्त्री, प्रदेश १)

महागुरुले अघि सारेका बिचारहरुलाई अनुसरण गरेर अगाडी बढ्नु पर्छधिरेन्द्र शर्मा रमण (प्रदेश १ सांसद)

फाल्गुनन्दलाई जिवन्त राख्नका लागि गाउँपालिकाले आगामी दिनमा उहाँसंग जोडिएका काम गर्नु पर्छरामकुमार श्रेष्ठ (अध्यक्ष फाकफोकथुम गा. पा. इलाम)

हत्या , हिंसा नगर , साधा जिवन बिताउ, झैझगडा नगर भन्ने महागुरुका भनाई आज आएर बिश्वले अनुसरण गर्ने बिषय भएको छदिपक थेबे (अध्यक्ष माईनगरपालिका इलाम)

महागुरुको देनलाई अनुसरण गर्दै गाउँपालिका अगाडि बढ्ने र महागुरुको जन्मस्थानलाई एतीहासिक पर्यटकीय क्षेत्र बनाउन आफुले पहल गर्ने । –डिकेन्द्र इधिङ्गो (अध्यक्ष माङसेबुङ गाउँपालिका, इलाम) 

सम्बन्धित खवर