दिनेशको निर्देशनमा सुनिता र इन्द्रसुसिलको ‘उज्यालो त जुनकै हो’ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा सुनिता र इन्द्रसुसिलको ‘उज्यालो त जुनकै हो’

आन्छुमे नसान
माङसेबुङ/पछिल्लो समय म्यूजिक भिडियो र चलचित्रको गीतहरुमा निर्देशन र कोरिग्राफीमा व्यस्त रहेका निर्देशक दिनेश माङमुको निर्देशनमा पुनः अर्को ‘उज्यालो त जुनकै हो’ म्यूजिक भिडियो युट्युवबाट सार्बजनिक गरिएको छ ।

पछिल्लो समय पुर्बेली गीत संगितमा निकैनै रुचाएकी गायिका सुनिता थेगिम र गायक इन्द्रसुसिल चोङबाङको आवाज रहेको गीत बिष्णु सोल्टी चोङबाङले लेखेका हुन् । गयक इन्द्रसुसिलकै संगीत रहेको भिडियो सिमिकलुङ दर्पण युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

दिप केरुङ लिम्बू र चेसुङ लिम्बुको दमदार अभिनय रहेको भिडियोलाई मोती सिग्देलले खिचेका हुन् । मायालु जति टाडा भएपनि माय त मनमै छनि भन्ने मायालु जोडीको अन्तर सम्बादलाई समिटिएको गीतलाई कृष्णभत्त राईले एरेन्ज गरेका हुन ।

चेसुङ लिम्बुको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेको छ । राजु कार्कीले मिक्सिङ गरेको गीत किङ्गस स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो पूरा हेर्नुहोस

सम्बन्धित खवर