बिक्रम फागोको निर्देशनमा ‘धनकुटा राजारानी तालैमा’ सार्वजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रम फागोको निर्देशनमा ‘धनकुटा राजारानी तालैमा’ सार्वजनिक

आन्छुमे नसान

दमक/रंगकर्मी निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोकभाकाको गीत ‘धनकुटा राजारानी तालैमा’को म्यूजिक भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक लेखनाथ चेम्जोङ र चर्चित गायिका मेलिना राईको आवाज रहेको पुर्वेली गीतलाई पुष्प किराँती राईले संगीत तथा लय भरेका हुन् ।

भिडियोमा नयन लिम्बू र सिर्जना सुव्बा निङलेकुले अभिनय गरेका छन् । देवराज सिग्देलले छाँयाङकन गरेको भिडियोलाई नवराज न्योपानेले सम्पादन गरेका हुन् ।

धनकुटाको राजारानीमा अवस्थित ताल र आसपासमा छाँयाङकन गरिएको भिडियोमा कुसङ मुन्धुमी प्रडक्स दमक झापा र सिर्जना फेसन वेयर युकेको पहिरन रहेको छ ।

दिलहाङ सङबाफेको कोरियोग्राफीमा तयार भएको भिडियो बुढासुब्बा युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर