गायक राज लिम्बूको ‘हाउ लुङा’ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक राज लिम्बूको ‘हाउ लुङा’

आन्छुमे नसान

दमक/लोकप्रिय गायक राज लिम्बुको आवाजमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘हाउ लुङा’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत ‘बुझिदेउ’बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो ।

भिडियोमा लिम्बु जातिको संस्कृतिमा आधारित धाननाच, पालामको वर्णनलाई फ्युजन गरी नयाँ तरिकाले प्रस्तुत गरिएको छ ।

गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन । भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको ससक्त अभिनय रहेको छ ।

भिडियो अनिल रानाको सम्पादन र भुपेन्द्र तुम्बाहाङ्फेको छाँयाङकन तथा निर्देशनमा तयार पारिएको हो ।

गायकको आफ्नै शब्द संगीत रहेको भिडियो गायककै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर