रोटरी क्लब अफ दमकको ९औ स्थापना दिवस सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोटरी क्लब अफ दमकको ९औ स्थापना दिवस सम्पन्न

दमक, १४ मंसीर

रोटरी क्लब अफ दमकले आफ्नो ९ औ स्थापना दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको वृहत रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

स्थानीय वरपिपल चौकमा भएको रक्तदानमा रोटरीसंगै स्थानीय सामाजिक संघसंस्थाका ५१ जना प्रतिनिधिहरुले रगतदान गरेका थिए ।

रोटरीका अध्यक्ष दिपु चापागाईंको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा दमक जेसीजका अध्यक्ष भिमराज केसी, डाक्टर मुक्तिनाथ भट्टराई, रक्त सञ्चारका प्रवर्तक सिद्धार्थ दाहाल, डाक्टर लेखनाथ न्यौपाने लगायतले रगतको महत्वको बिषयमा बोल्नु भयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक भेनस श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित खवर