द भोइसको ताज रामको हातमा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भोइसको ताज रामको हातमा

दमक ÷ नेपालमा चलिरहेको सबै भन्दा ठूलो रियालिटी शो मध्येको द भोइस अफ नेपाल सिजन–२ को बिजेता राम लिम्बू भएका छन ।

काठमाडौ चुचेपाटी अवस्थित हायातको खुल्ला प्राङ्गणमा शनिबार साझ फाइनल सम्पन्न भएको थियो । सो फाइनलमा अन्य प्रतिसपर्धीलाई उछिन्दै टीम प्रमोद बाट रामले उपाधि जीतेका हुन ।

म संसार जीत्ने आट गर्दै छु भन्ने सबिन राईको गीत गाएर चारै जना कोचलाई डन गराएका राम लिम्बुले कोच दीप श्रेष्ठलाई रोजेका थिए । ब्याटल राउन्डमा सुमन परियार र राम लिम्बुले मलाई आवज देउ गीत गाएका थिए । ब्याटलमा कोच दीपले सुमन परियारलाई पिकअप गरेपछि कोच प्रमोदले स्टिल गरेर नकआउट चरण पुगेका रामले अन्तत भोइस अफ नेपाल सिजन २ को ताज हत्याएका छन ।
अन्तिम चारमा पुगेका कोच दीप श्रेष्ठबाट झापा शनिश्चरेका बिकास तुम्बापो लिम्बू, कोच प्रमोद खरेलको टिमबाट झापा हल्दिबारीका राम वनेम लिम्बू, कोच राजु लामाको टिमबाट गोर्खाका सनिस श्रेष्ठ र कोच आस्था राउतको टिमबाट काठमाडौ बानेश्वरका आरिफ राय फाइन्लिष्ट भएका थिए । आफ्ना ३ प्रतिस्पर्धिलाई उछिन्दै भोइस अफ नेपाल सिजन–२ को विजेता भएका हुन ।

विजेता रामले ट्रफि, कार, नगद १२ लाख सहित अन्य विविध पुरस्कार पाउनुका साथै वल्ड टुर प्राप्त गरेका छन । 

भोइस अफ नेपालको ब्लाइन्ड अडिशनमा नेपाल भारतका लगायत विश्वभरी रहेका नेपाली भाषीहरुले सहभागिता जनाएका थिए । जस मध्येबाट ६४ जना छानिएका थिए । ६४ बाट ३२ जना कोचले छानेका र प्रत्येक कोचले एक एक जना स्टिल गरेको ४ जना गरि ३६ जना हुँदै टप १२ मा छानिएका थिए । टप १२ बाट भोटिङ रन सुरुवात भएको थियो । टप १२ पछि भने जसले सबैभन्दा कम भोट ल्याउने एकजना आउट हुँदै टप ८ छानिएका थिए । टप ८ पछी भने एकै पटक अन्तिम ४ लाई फाइन्लिष्ट बनाएको थियो ।

 

 

सम्बन्धित खवर