आन्छुमे नसान
धरान/सुनसरी धरान १९ चौकीबारीमा राष्ट्रिय बिभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दज्यूको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न गरिएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको हस्तबाहुलीबाट बुधबार महागुरुको प्रतिमा अनावरण गरिएको हो ।
किरात धर्मगुरु गुरुआमाज्यूहरु संगै किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र सिंह थेगिम, गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, माङसेबुङ हेरिटेज प्रा.लि. का अध्यक्ष सेर बहादुर लाओती लगायत किरात धर्म जन्य संघ संस्थाहरुको प्रतिनिधी, सञ्चारकर्मी र हजारौ भक्तजनहरुको सहभागितामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा किरात धर्मगुरु गुरुआमाज्यूहरुबाट प्रतिमा अनावरण संगसंगै हान्छोसेवा(चरुहवन), धरान सुनसरीमा अवस्थित किरात युमा माङहीममा महादीप प्रज्वलन, गुरुभेट दर्शन र मिक्तोक अर्पण कार्यक्रम समेत भएको थियो ।
भक्तजन टेक बहादुर आङबुहाङ र थुयुमा भिमहाङमा आङबुहाङको निजी निवासमा महागुरुको प्रतिमा अनावरण गरिएको कार्यक्रम पान्थर, ताप्लेजुङ, इलाम, झपा, मोरङ, सुनसरी, भनकुटा र तेहथुमका भक्तजनहरुको सहभागीतामा दाम्पतीकै संयोजनमा सम्पन्न गरिएको हो ।