जेपीले जित्यो सर्वोत्कृष्ट लिम्बू गायक र नयाँ संगीतकारको अवार्ड - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपीले जित्यो सर्वोत्कृष्ट लिम्बू गायक र नयाँ संगीतकारको अवार्ड

आन्छुमे नसान
माङसेबुङ/लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङले नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड २०१९, सर्वोत्कृष्ट लिम्बू गीत पुरुष गायकको अवार्ड जित्न सफल भएको छ ।

नेपाल संगीत उधोगले राजधानीमा आयोजना गरेको अवार्ड कार्यक्रममा आन्छुमे नसानको शब्द रहेको गीत ‘मुयेङसा एरेना मिम्जिए’ बाट नेम्वाङ अवार्ड जित्न सफल भएको हो ।

गीतमा जेपी नेम्बाङकै संगीत रहेको छ भने लोकप्रिय गायिका सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् । भिडीयोमा मौसम इम्बुङ(फुलेन्देको बाउ) र मिस हङकङ सुस्मा लिम्बूले अभिनय गरेका छन् ।

यसैगरी नेम्वाङले नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड २०१९, सर्वोत्कृष्ट आधुनिक गीत नयाँ संगीतकारको अवार्ड समेत जितेका छन् ।

उनले अनुप खतिवडाको शव्दमा चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको ‘मनमा वस्यो’ गीतबाट नयाँ संगीतकारको अवार्ड जितेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर