प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोन अध्यक्षमा बराल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोन अध्यक्षमा बराल

कचनकवल/प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोन झापा विश्वनाथ बराल(दमक)को अध्यक्षतामा गठन गरिएको छ । गत पुस ८ गतकोे भेलाले बरालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।

सुपरजोनका निवर्तमान अध्यक्ष नवराज भट्टराईको संयोजकत्वमा सोमवार बसेको भेलाले बिधिवत रुपमा नव कार्य समितिलाई नेतृत्व हस्तान्तरण गरेको हो । नव गठित समितिको उपाध्यक्षमा हरिप्रसाद सिलवाल(कन्काई), सचिवमा मेनुका पौडेल(कचनकवल), सह–सचिवमा विष्णुमाया दाहाल(बुद्धशान्ति) रहेका छन ।

यसरीनै सदस्यहरुमा खगेश्वर पोख्रेल(राजगढ), यसोदा भन्डारी(गौरादह), उमा थापा(अर्जुनधारा), हरी घिमीरे(बनियानी) र कनहैंयालाल गणेश(केचना) रहेका छन ।

संस्था हस्तान्तरणको क्रममा निवर्तमान अध्यक्ष भट्टराईले देशलाई धानमा आत्मानिर्भर बनाउने अभियानमा कृषिको आधुनिकरण गर्दै समृद्ध देश बनाउने अभियानमा बर्गीय कृषकको साथमा रहि सदैव क्रिर्यािशल रहि हिजो जिम्मेवारीमा रहदा र नरहदा पनि काम गराइमा भिन्नता नआउने बताए ।

उनले नव गठित सञ्चालक समितिलाई सदैब साथ सहयोग रहेने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । यसैगरी उनले प्रदेश सदस्य बसन्त कुमार बानियाँ, परियोजना प्रमुख मेघनाथ तिम्सिनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी बिषयविज्ञ डा. कैलास भुडेर, कृषि अधिकृत सालिकराम भट्टराई, कृषि अधिकृत सागर बिष्ट, परियोजना प्रमुख धनबहादुर थापा, नासु केदार पोखरेल, जेटिए र तत्कालीन सिंचाइ बिकास डिभिजन कार्यालय झापा प्रमुख इश्वरी तिवारी जनताको तटबन्ध फिल्ड कार्यलय १ नम्बर गैडे झापा, नविनतम प्रविधि, कृषि यन्त्र, चैतेधान खेति विस्तारमा क्रियाशिल सहकारी समुहका अन्नदाता कृषक, सञ्चालक समिति सबैलाई संयोजक भट्टराईले धन्यवाद दिए ।

सम्बन्धित खवर