गायक यादन सेर्माको कोरियमा एकल साँझ(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक यादन सेर्माको कोरियमा एकल साँझ(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/मुन्धुमी गीत संगीतमा दखल राख्ने गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बू भर्खरै दक्षिण कोरियाको साँगितिक भ्रमण सकेर नेपाल फर्केका छन् ।

चासोक तङनामको अवसरमा आयोजित साँगितिक कार्यक्रममा उनले साँगितिक प्रस्तुति दिनका लागि कोरियाको साँगितिक भ्रमण गरेका हुन ।

गायक सेर्माले डिसेम्बर २१ मा कोरियामा रहेका सेर्मा परिवारको आयोजनामा निक नेपाल ट्राभल हल दोङदेमुनमा यादन सेर्मा एकल साँझ २०१९ मा प्रसतुति दिएका थिए । उनले हाक्पारे, ख्याली, पालाम र लिम्बू तथा नेपाली गरि दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । दर्शकहरुलाई मौलिक गीत संगीतमा गायक सेर्माले आनन्दले झुमाएका थिए ।

यसैगरि डिसेम्बर २२ मा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीया, किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरिया र डी. एस. एम. ई. याक्थुङ् सयङ्द्वारा दक्षिण कोरीयाको सिओल र बुसानमा आयोजित चासोक तङ्नाम बिषेस कार्यक्रममा बहुप्रतिभाका धनी गायक यादन सेर्माा र गायक डिल्लि फोम्बोले साँगितिक प्रस्तुति दिएका थिए ।

त्यहाँ गायकद्वयले आधा दर्जन भन्दा बढी लिम्बू तथा नेपाली गीतहरु प्रस्तुत गरेका थिए । गायक सेर्माले कोरियमा रहेका नेपाली दर्शकहरुबाट धेरै भन्दा धेरा माया अनि सपोर्ट पाएको बताए । उनले त्याहाँका नेपाली दर्शकहरुसंग चासोक तङनाममा शुभकामना आदान प्रदान गर्न पाएकोमा आजोकलाई धन्यावाद दिए ।

बिगत दुई दसक यता लामो समय सम्म निरनतर गीत संगीतमै रुमालिरहेका गायक सेर्माले आउदै जाँदै गरौंला(सन् २००४), निङवासुम(२००६), नुनाम(२०११), सिवाखाुन भाग १(२०११), थाङबेन(२०१३), लाङधुङ(२०१३), पाईलाहरु(२०१४), सिवाखाहुन भाग २(२०१५), हुक्सोदीङ सेवा(२०१५), वलिहाङ तङनाम मुन्धुम साम्लो(२०१५), सिवाखाहुन भाग ३(२०१७) गरि दर्जनौ गीति एल्वमहरु दर्शक स्रोतामाझ पस्किसकेका छन् । गायक सेर्माले अन्य थुप्रै कलेक्सन गीति एल्वमहरुमा समेत आवाज भरेका छन् ।

कोरियाको साँगितिक भ्रमण सार्थक पुर्ण भएको समेत गायक सेर्माले बताए । उनले यो भन्दा पहिले हङकङ, इजरायल, भारतको सिक्किम लगायतका मुलुकहरुमा समेत साँगितिक भ्रमण गरिसकेका छन् । पछिल्लो समय दर्शकहरुको रोजाईमा परिरहेका सेर्माले मुन्धुमी, सिवाखाहुन, लिम्बू गीत र पुर्वेली लोकभाका र आधुनिक सुगम संगीतका सबै खाले गीतहरु वजारमा ल्याएका छन् ।

सम्बन्धित खवर