पिडित सुरेश आङ्देम्बेको परिवारलाई राहत वितरण(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पिडित सुरेश आङ्देम्बेको परिवारलाई राहत वितरण(फोटो फिचर सहित)


आन्छुमे नसान
माङसेबुङ/इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ नाम्तोक्लामा आगोलागीबाट पिडित सुरेश आङ्देम्बेको परिवारलाई राहत वितरण गरिएको छ ।

आइतवार समाजबादी पार्टी माङ्सेबुङ गाँउपालिका र समाजबादी पार्टी माङ्सेबुङ गाँउपालिका वाड न ५, समाजबादी पार्टी माङ्सेबुङ ५ भूत पुर्ब शैनिक, समाजबादी युबा संघ मङ्सेबुङ ५, ले संयुक्त रुपमा राहत वितरण गरेको हो ।

आगलागीबाट पिडित आङ्देम्बेको परिवारलाई दैनिक उपभोग्य सामाग्री अन्तरगत चामल, तेल, ग्याँस सिलिन्डर, चुला, पानी तताउने हिटर लगायतका सामाग्री वितरण गरेका थिए ।

समाजबादी पार्टी माङ्सेबुङ अध्यक्ष किसान खजुम, उपाध्यक्ष घनेन्द्र चेम्जोङ लगायत जसहाङ सावदेन, राजु माबोहाङ, हस्त खजुम, प्रकाश सावादेन, देउमान योङ्हाङ, श्री प्रशाद तुम्पापो, सुनिल शेर्मा, अम्बर तुम्सा, भिम सिङगक, लक्ष्मि कार्की डोलि लगायतको सहयोगमा राहत वितरण गरिएको थियो ।

यसरीनै समाजबादी पार्टी माङ्सेबुङ वाड न ५ अध्यक्ष सुदिप थेबे, पुर्ब अध्यक्ष लैन ब योङ्हाङ, रबिन कुरुम्बाङ, सेन्छे आङ्बुहाङ, समाजबादी पार्टी भूत पुर्ब शैनिक अध्यक्ष केशरसिं आङ्बुहाङ, समाजबादी युबा संघ मङ्सेबुङ अध्यक्ष मदन इङ्नाम, जोसिलाल लावाती, आइत हाङगाम, प्रताप फुरुम्बो लगायतको समेत सहयोगमा राहत वितरण गरिको हो ।

समाजबादी पार्टी माङ्सेबुङ गाँउपालिकाका सदस्य समेत रहेका श्री शुरेश आङदेम्बे को घर पूरै जलेर लत्ताकपडा, अन्नबाली, नगद सहित सुन चाँदी पनि नष्ट भएकोले करिब १२ लाख क्षति भएको थियो ।

मंगलबार राति करिब १ बजे सुरु भएको आगोलागी ३ बजेमात्र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर