आजदेखि मौसम सुध्रिदै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजदेखि मौसम सुध्रिदै


२५ पुस २०७६, दमक केही दिन देखि कष्टकर बनिरहेको मौसम आज शुक्रबारदेखि सुधार हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायु कमजोर भएकाले आजदेखि मौसममा सुधारमा आउने जानकारी दिए ।

मौसमविद्का अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य, पूर्व र पश्चिमका अधिकांश स्थानको मौसम सफा रहनेछ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन पनि रोकिने छ । वर्षा र हिमपात रोकिए पनि चिसो भने कायमै रहने महाशाखाले जनाएको छ । वर्षा र हिमपात हुँदा प्रभावित भएको जनजीवन शुक्रबारदेखि सामान्य हुने देखिएको र तत्कालै वर्षा हुने अवस्था छैन ।

सम्बन्धित खवर