अन्ततः सभामुखको गाँठो फुक्यो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्ततः सभामुखको गाँठो फुक्यो

दमक  / प्रतिनिधिसभामा खाली भएको सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सार्बजनिक गरेको छ ।

आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

सङ्घीय संसद् सचिवालयका अनुशार आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन भने यही माघ १२ गतेका दिन हुने छ ।

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका थिए ।  उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।

सत्तारुढ नेकपाले सांसद अग्नी सापकोटालाई अगाडी सारेको छ भने कांग्रेसका तर्फबाट कसलाई बनाउने भन्नेमा टुंगो लगाएको छैन । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह तीन बजे बस्नेछ ।

सम्बन्धित खवर