इलामेली साहित्यकार लेकालीलाई कतारको दोहामा सम्मान - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामेली साहित्यकार लेकालीलाई कतारको दोहामा सम्मान


दमक/इलाम सेवा समाज, दोहा–कतारले इलामेली वरिष्ठ साहित्यकार तथा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम गुप्ता लेकालीलाई सम्मान गरेको छ ।

अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारद्धारा नियमित मासिक रुपमा संचालित साहित्यिक वाचन श्रृङ्खला ुस्वर्ण डबलीु मा सहभागी हुने क्रममा कतार पुगेको लेकालीलाई वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका इलामेलीहरुको साझा संस्था इलाम सेवा समाज, दोहा–कतारले परिचयात्मक भेटघाट सहित सम्मान कार्यक्रममा सम्मान गरेको हो ।

कतारको नज्मा, दोहामा अवस्थित द गोर्खा नेपाली रेष्टुरेण्टमा आयोजित कार्यक्रम इलाम सेवा समाज, दोहा–कतारका अध्यक्ष सन्तोष वान्तवा राईको अध्यक्षता, सम्मानित साहित्यकार राधेश्याम गुप्ता लेकालीको प्रमुख आतिथ्यता, एनआर एन, एनसीसी कतारका निवर्तमान उपाध्यक्ष तेज कटुवाल र अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष सीताराम थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित संस्थाकी सक्रिय सदस्य सुनिता भट्टराईले स्वागत गरेकी थिइन् भने इलाम सेवा समाज, दोहा कतारका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक धनबहादुर विश्वकर्माले संस्थागत गतिविधिको बारेमा प्रस्ट पारेका थिए । इलाम सेवा समाज दोहा–कतारका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा सक्रिय सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमलाई संस्थाका महासचिव ज्ञानेन्द्र रसाइलीले संचालन गरेका थिए ।

सम्बन्धित खवर