आन्छुमे नसान
माङसेबुङ/गीतकार बिर्ख किराती लिम्बू(राज आङदेम्बे)को शव्द तथा संगीत रहेको गीत ‘नाना सेन्छेलुङ’ भिडियो विमोचन संगै सार्वजनिक गरिएको छ ।
गत माघ ५ र ६ गत माङसेबुङमा आयोजित सावायेहाङ किरात खिवेक्वा याक्वा सेवाको अवसरमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको हस्तवाहुलीबाट विमोचन तथा सार्वजनिक गरिएको हो ।
गायिका थोकफेला लिङदेन र गायक एकान्त आङदेम्बेको आवाजमा सजिएको गीत ‘नाना सेन्छेलुङ’ भिडियो बिमोचन संगै गायिका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानल मार्फत एक साथ सार्वजनिक गरिएको छ ।
रोजा थेगिमको परिकल्पना तथा निर्देशनमा तयार भएको भिडियोमा थोकफेला लिङदेन, एकान्त आङदेम्बेको अलावा ममिला लिङदेन, जेपी नेम्वाङ, गोवीन्द चेम्जोङ, रोजिना थेगिम, गंगा फियाक, राम कुमार सार्की, भिम आङदेम्बे लगायतले अभिनय गरेका छन् ।
बिर्ख किरातीे लिम्बूकै निर्माण रहेको गीतमा टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । किरातीहरु अव एकजुट हुनुपर्छ, कुरिति कुसंस्कार र कुकर्म त्यागेर सतकर्ममा लाग्नुपर्छ, ईश्वरको पुजा आरधना, भक्ति गनुपर्छ भन्ने सन्देश बोकेको दृश्यहरु समावेस गरिएको दृश्य रहेको भिडियोलाई मनोज राईले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।
सोही अवसरमा थोकफेला गार्मेण्टको प्रस्तुतिमा थोकफेला गार्मेन्ट द्धारा उत्पादीत ढाकाको ऐतिहासिक किराती परिधान तथा आधुनिक लेहेङगा चोली सहितको भेषभूषा प्रदर्शनीका साथै गायिका थोकफेला लिङदेन, गायिका सुनिता थेगिम, गायक राजु आङदेम्ब,े गायक इन्द्रशुसिल चोङबाङ गायक जेपी नेम्बाङ र गायक व्रवीम सेर्माले सांगितिक प्रस्तुति समेत दिएका छन् ।
भिडियो हेर्नुहोस :