कोरोना भाइरसको आतंक २५ को मृत्यु, १ सय ७७ को अवस्था गम्भीर - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरसको आतंक २५ को मृत्यु, १ सय ७७ को अवस्था गम्भीर


दमक/ कोरोना भाइरसको कारण चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट संक्रमित भएको जनाएका छन् । अधिकांश ज्यान गुमाउने हुवेईका रहेको बीबीसीले जनाएको छ ।

 

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरसबाट संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने उपचारपछि निको भएर आफ्नो घर फर्किएका छन् ।

थप संक्रमण फैलने चिन्ता

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलन सक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ ।

भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्रमा नजान भनेको छ ।

यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ ।

बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठुला कार्यक्रमहरू रद्द गरेका छन् ।

स्रोतः एजेन्सी

सम्बन्धित खवर