जौबारी कान्छाको ८३ औं जन्मजयन्ती सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जौबारी कान्छाको ८३ औं जन्मजयन्ती सम्पन्न

माङसेबुङ/तुत्तु डिल्लीप्रसाद तुम्बापो ‘जौबारी कान्छा’ को ८३ औं जन्मजयन्ती तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

जन्मजयन्ती कार्यक्रम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा मनाइएको हो ।

इलामको माङसेबुङ गाउँपालिका वडा न. ५ माङसेबुङमा रहेको किरात साम्यो हक्चात यक्चुमको कार्यालयमा आयोजित कार्यक्रममा “जौबारी कान्छाको समकालीन सहकर्मी तथा किरात धर्मको प्रचारप्रसारमा योगदान दिनुहुने लेखक खड्ग सङबाङफे ‘नाजिरिहाङ’लाई नगद रु ५ हजार ८३ रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियोे ।

कार्यक्रममा विशेष अतिथि गुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङ, अतिथिहरु सम्मानित व्यक्तित्व खड्ग सङबाङफे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पाम्जुम्भोका उपाध्यक्ष तथा माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति पान्थरका अध्यक्ष ध्रुव तुम्बापो, डिल्ली प्रसाद तुम्बापोका जीवन लेखक बुद्धहाङ नेम्वाङ, किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिमका प्रधानाध्यापक कल्पना लिङ्देन लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष कमला तुम्बापो, किरात याक्थुङ तुम्बापो सयङका अध्यक्ष कृतिविक्रम तुम्बापो, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पाम्जुम्भोका सचिव योगेश लाओती, किरात साम्यो थामेन्दीङमा मुजोत्लुङ पाम्जुम्भोका कोषाध्यक्ष सरिता यङवागो, किरात साम्यो माङसिवाखाहुन मुजोत्लुङ पाम्जुम्भोका अध्यक्ष नरकुमारी थलङ, किरात धर्ममा योगदान गर्ने व्यक्तिहरु भबेन्द्र थेबे, बाजहाङ योङहाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तुत्तु डिल्लीप्रसाद तुम्बापो स्मृति प्रतिष्ठानका अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सन्चहाङ सम्बाहाङफेले स्वागत मन्तव्य राखेका थिए भने, सचिव ललितचन्द्र फियाकले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर