बीरेन्द्रनगरमा आन्दोलन उग्र, भोलीसम्म कर्फ्यु जारी - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बीरेन्द्रनगरमा आन्दोलन उग्र, भोलीसम्म कर्फ्यु जारी


दमक/सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा टिपर दुर्घटनामा एकजनाको मृत्यु भएपछि आन्दोलन चर्किएको छ ।

मंगलबार बिहान टिफरले किचेर कालीकोट महावै गाउँपालिका(३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको मृत्यु थियो । सिंहको मृत्यु भएपछि सुरुभएको आन्दोलनकाले उग्ररूप लिदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले ’कर्फ्यु’ लगाएको हो ।

सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६ः ३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो । सुरक्षा बैठकपछि भोली बिहानसम्म कर्फ्यु लगाउने निर्णय भएको हो ।

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ । कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज गरिएको छ । कफ्र्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ ।

यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ । सुर्खेत तनावग्रस्त बन्दै गएपछि प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । यसैबेला अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएक प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर