कचनकवलमा बालबालीकाहरुको लागी छन्द परिचय तथा रचना बाचन कार्यक्रम सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवलमा बालबालीकाहरुको लागी छन्द परिचय तथा रचना बाचन कार्यक्रम सम्पन्न


कचनकवल/झापाको कचनकवलमा बालबालीकाहरुको लागि छन्द परिचय तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।

कचनकवल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुक्रबार छन्द परिचय तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको हो ।

कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीको प्रमुख आतिथ्यमा र छन्द कवि नारायण प्र. पौडेल विशिष्ठ अतिथ्यमा सम्पन्न कार्यक्रममा कचनकवल शिक्षा प्रमुख तथा कार्यक्रम संयोजक छवि लाल वस्नेत, कचनकवल वडा नं. ७, का वडा अध्यक्ष भरत राजवंशी, वडा नं ३ का वडा अध्यक्ष विजय राजवंशी, वडा नं. ७ का सदस्यहरु लक्ष्मी सुब्बा, मोहन खनाल र कुमारी वि. क., कचनकवल साहित्यिक मञ्च अध्यक्ष विक्रम पालुङवा, कचनकवल साहित्यिक मञ्च उपाध्यक्ष सुक ब. योङहाङ, कचनकवल साहित्यिक मञ्च सचिव उमेश विरोधी र कचनकवल साहित्यिक मञ्च सह–सचिव विकास धिमिरेको उपस्थिति रहेको थियो ।

यसैगरि कार्यक्रममा कचनकवल साहित्यिक मञ्च सल्लाहकार संयोजक डिल्ली राज नेपाल, श्री लक्ष्मी क्याम्पस प्रमुख मोतीलाल राजवंशी, शिक्षक अभिभावक संघ अध्यक्ष चन्द्र ब. बस्नेत, विध्यालय व्यावस्थापन समितिभु.पु. अध्यक्षहरु मित्र प्रसाद भट्टराई र ओम प्रसाद लिम्वु, श्री जन ज्योती प्रा.वि. का प्रधानध्यापक अमर कुमार राई लगायतको उपस्थिति जनाएका थिए ।

प्रमुख अतिथि कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सम्बोधन गर्ने क्रममा शिक्षक, अविभावक र बिद्यार्थीहरुलाई अनुरोध गर्दै कितावी पढाई ज्ञान मात्र नभएर अतिरिक्त कृयाकलापहरुको ज्ञान पनि दिलाउन कचनकवल गाउँपालिका शिक्षा शाखाले कला र संस्कृतिमुलक कार्यक्रमको आयोजना गर्दै आएको बताएकी छन् ।

उनले बालबालीकाहरुको लागि छन्द परिचय तथा रचना बाचन कार्यक्रम अनौठो र अभिछिन्न रहेको बताईन ।

उपाध्यक्ष राजवंशीले कचनकवल गाउँपालिको तर्फबाट कला, साहित्य र संस्कृतिको लागि सवैखाले कार्यक्रमहरुको आयोजना गर्नको लागि गाउँपालिको ध्यान रहेको बताएकी छन् ।

बिशिष्ट अतिथि नारायण पसाद. पौडेलले विभिन्न छन्दमा रहेका कविता सुनाउदैै, छन्दको विषयमा प्रकाश समेत पारेका थिए ।

कार्यक्रम अहगन लाल राजवंशीको स्वागत मन्तव्य, शुभाखर गजुरेलको सञ्चालन, जानकी मा.वि. का बिद्यार्थीहरुको स्वागत नृत्य, छविलाल बस्नेतको औचित्य मन्तव्य र असनी राजवंशीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर