समृद्धिको मुख्य आधार नै मौलिक पहिचान : मुख्यमन्त्री राई - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समृद्धिको मुख्य आधार नै मौलिक पहिचान : मुख्यमन्त्री राई

इलाम/प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताए ।

आईतबार इलामको सदरमुकाममा आयोजित ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए ।

मुख्यमन्त्री राईले मुलुक समृद्ध बनाउन तीनै तहका सरकार लागि रहेको भन्दै समृद्धिको अभियान साझा सपना रहेको बताए । प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहने गरी महोत्सवमा नाटक मञ्चन गरिने बताइएको छ ।

जसमा प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंठी’ र सुदूरपश्चिमबाट ‘लेली सञ्जा’ नाटक मञ्चन गरिनेछ ।

‘पर्यटन वर्ष २०२० को प्रबद्र्धनका लागि आयोजना गरिएको नाटक महोत्सवमा प्रत्येक प्रदेशबाट आएका कलाकारहरुले प्रस्तुति दिनेछन् । महोसत्वको उद्घाटन अघि झाँकीसहित नगरको परिक्रमा गरेका थिए ।

सांस्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिकाको सहआयोजनामा आयोजित महोत्सव पाँच दिनसम्म चल्नेछ ।

सम्बन्धित खवर