लेटाङ मोरङ १० औं पवित्रहाङमा कप प्रतियोगिताको सेमीफाईनलमा प्रबेश (फोटोफिचर सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेटाङ मोरङ १० औं पवित्रहाङमा कप प्रतियोगिताको सेमीफाईनलमा प्रबेश (फोटोफिचर सहित)

माङसेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगितामा लेटाङ फुटबल क्लव मोरङ सेमीफाईनलमा प्रवेश गरेको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा लेटाङ फुटबल क्लव मोरङ र एमसीसी फूटबल क्लव सूर्योदय नगरपालिका इलाम बिच आईतबार सम्पन्न खेलमा एमसीसी इलामलाई ३–१ ले पराजित गर्दै लेटाङ मोरङ सेमीफाईनलमा प्रवेश गरेको हो ।

खेलकोे १४ औं मिनेटमा इमा राईको गोलमा लेटाङ मोरङले अग्रता लिएका थिए । एमसीसी इलामका खेलाडीहरुको तालमेल नमिलेको अवसरलाई सदुपयोग गर्दै खेलको २० औं मिनेटमा मेक्का खजुमकोे गोलमा लेटाङ मोरङले अग्रता दोब्बर बनाए ।

मध्यान्तर पछि भने एमसीसी इलाम थप आक्रमक भएर मैदान प्रबेश गरेका थिए । मध्यन्तर पछि खेलको ५० औं मिनेटमा लेटाङ मोरङका इमा राईले थप गोल गर्दै अग्रता तेब्बर बनाउदै जीत सुनिश्चित बनाए । एमसीसी इलामको तर्फबाट भने खेलको ७९ औं मिनेटमा जेनी राईले सान्तावना गोल फर्काएकी थिइन ।

जीत संगै लेटाङ मोरङले सेमिफाईनलमा माउण्ट एभ्रेष्ट सुनसरी संगको भेट पक्का गरेको छ । खेलको वुमन अफ दी म्याच लेटाङ मोरङकी इमा राई घोषीत भईन् । यो संगै १० औं पवित्रहाङमा कप प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता अन्तरगत सोमबार एपीएफसी फूटबल क्लव माङुेबुङ इलाम र चुलाचुली गाउँपालिका खेलकुद बिकास समिति इलाम बिच पहिलो सेमीफाईनल खेल हुने आयोजक समितिका सचिव सरिता राईले बताईन ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहेको सचिव राईले बताए ।

यसरीनै प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

सम्बन्धित खवर